भारतले जारी गरेको नक्सामा एनआरएनएको ध्यानाकर्षण

काठमाडौं, २२ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भारतले केही समय अगाडि जारी गरेको नयाँ नक्सामा नेपाली भू–भाग मिचिएको भन्दै एनआरएनए शुक्रवार एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तीमा भनिएको छ ‘भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएका छन् ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षाको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गर्दछौँ ।’

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने हाम्रो मान्यता हो ।

तसर्थ, अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here