त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किए

काठमाडौं,२२ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान एक आपसमा ठोक्किएका छन् ।

विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो ।

विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ ।

विमानस्थाल स्रोतका अनुसार जहाजमा सामान्य क्षति भएको र अन्य सबै सामान्य रहेको बताइएको छ । अहिले जहाजलाई प्राविधिकहरुले निरीक्षण गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here