काठमाडौंमै पक्की घर भासिएपछि…

५ भदौ, काठमाडौं । काठमाडौंमा पक्की घर भास्सिएको छ । बिहीबार राती करिव ८ बजे काठमाडौँ महानगरपालिका वडा नं. ३ बाँसबारीमा रहेको गेष्ट हाउस भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

बर्षादका कारण साढे दुई तले घर भासिएको हो । यसमा न्यु गण्डकी गेष्टहाउस सञ्चालनमा थियो । यो घरमा अहिले कोही नरहेकोले मानवीय क्षतिको जोखिम नरहेको महानगरले जनाएको छ । यसअघि अघिल्लो साता गोरखामा यसैगरी घरहरु भासिएका थिए ।