प्रधानमन्त्री शाहले भने ‘सुरुङ खोल्ने विशेषज्ञता कुनै मुलुकहरूसँग छैन ‘

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुरुङ खोल्ने विशेषज्ञता कुनै मुलुकहरूसँग नभएको बताएका छन्। याे विभिन्न अन्तर्राष्ट्रिय अनुभवको तुलनामा फरक भएका र विशेषज्ञहरू नहुँदा उद्धार गर्न कठिनाइ र ढिला भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकको शुरूमा नै सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उनले रसुवा बाढीले विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा पारेको असर बारे यस्ताे स्पष्टीकरण दिएका हुन्।

‘टनेलमा विपद् आउँदा सुरुङमा आएको पहिरो पन्छाएर प्रवेश गर्ने विशेषज्ञता विश्वभर रहेको छ । तर बाढी र हिलो माटो भित्र परेर थुनिएकाे सुरुङ खोल्ने विशेषज्ञता अरु मुलुकहरूसँग र हामीसँग पनि थिएन ।’

उनले सुरुङ पुरिएका ठाँउहरूमा भौगोलिक कारणले पनि कठिनाई भएको बताए । साथै साथ हिलो सुकेपछि मात्रै काम गर्न सकिने भने

धेरै स्काभेटरहरु सुरुङ पुरिएको साइटमा लगेर मात्रै काममा प्रगति नहुने भन्दै उनले एउटा सुरुङमा एक पटकमा एउटा मात्रै एस्काभेटरले काम गर्न सकिने बताए ।

उनले भने ‘गुगल गरेर र एआईलाई सोधेर वा को विदुर पुगेर हेरेको भरमा मात्रै त्यहाँको सबै कुरा थाहा हुँदैन’।

सेना, शसस्त्र प्रहरी प्रोत्साहन दिन आग्रह गरे ।गतसाताको बाढी आएलगत्तै शुरुमा नै विदेशी विशेषज्ञहरूलाई सहयोगका लागि अनुमति नदिइएको भनी कतिपयले सरकारको आलोचना गरेका छन् । त्यसतर्फ संकेत गर्दै उनले त्यतिबेला तत्काल सुरुङ पुरिएको ठाँउमा ओर्लिनसक्ने अवस्था समेत नभएको दाबी गरे । बाढीले चार हजार ३१ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ।