वर्षमान पुन र प्रधानमन्त्री भेट, बाढिका बिषयमा कुराकानी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा
उनिहरुबिच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको छ।
यस्तै, बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।

प्रधानमन्त्रीसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए। उनिहरुबीचको भेटमा बाढीलगायतका विषयमा कुराकानी भएको छ।