न्यूरोडको स्मार्ट पार्किङ–भद्रगोल व्यवस्थापन

जितेन्द्र खनाल-
काठमाडौं, २४ कात्तिक । काठमाडौं महानगरपालिकाले निकै तामझामका साथ न्यूरोडमा स्मार्ट पार्किङ शुरु गर्‍यो ।

नाम सुन्दै स्मार्ट । यो प्रणाली शुरु भएपछि न्यूरोडमा अव्यवस्थित पार्किङका कारण हैरान पाएका नागरिकले सास्तीबाट मुक्ति पाइने अपेक्षा गरेका थिए । तर, स्मार्ट पार्किङका कारण समग्र पार्किङ व्यवस्थापन मै समस्या आइरहेको प्रहरीको गुनासो छ ।

महानगरिय ट्राफिक महाशाखा, रामशाहपथका प्रवक्ता तथा प्रहरी उपरिक्षक रवी कुमार पौडेल भन्छन्, ‘यो स्थान त वास्तवमा मानिसहरुको आवतजावतका लागि हो, स्मार्ट पार्किङको नाममा यहाँको पार्किङ व्यवस्थापन नै समस्या बन्दै गएको छ ।

न्यूरोड क्षेत्रमा पार्किङ व्यवस्थापनमा महानगरबाटै पर्याप्त सहयोग नपाएको उनको गुनासो रहेको छ । न्यूरोडमा चारपाङ्ग्रे सवारी साधन व्यवस्थापनमा चूनौति रहेको उनले बताए ।

महानगरले नै बनाएको दरबारमार्गको स्मार्ट पार्किङ निकै राम्रो भएको उनले बताए । त्यहाँको बाटो वरिपरिको वातावरण अनुसार त्यो राम्रो र उपयुक्त रहेको पनि उनले बताए । न्यूरोडमा गत जेठ दोस्रो साताबाट स्मार्ट पार्किङ शुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here