चन्द्र बहादुर थापा र एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडि घोषित

भदौ १९ काठमाडौं । नेपाल पत्रकार मन्चद्वारा आयोजित एनएसजेएफ पल्सर अवार्ड २०८२ को वक्सिङका चन्द्र बहादुर थापा वर्ष उत्कृष्ट पुरुष खेलाडि तथा महिलामा एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडि घोषित भएका छन् । एरिकाको यो तेस्रो पटक उत्कृष्ठ महिला खेलाडिको अवार्ड प्राप्त गरि नया“ इतिहा“स बनाइन् । लगातार तिन पटक यो अवार्ड जित्ने पहिलो खेलाडि बनेकी छन् ।

पिपल्स च्वाइस अवार्डमा भलिवलकी मिना सुनारले जितेकी छन् । जसमा रविन्द्र ढाँट, सानुमाया थिङ, शेर मल्ल र पुजा रानालाई पछि पार्दै २९.०४ प्रतिशत मत प्राप्त गरि अवार्ड जितेकी हुन् । रविन्द्र ढाटले २४.५३ प्रतिशत मत प्राप्त गरेको थिए । यसैगरी उत्कृष्ट प्रशिक्षकको अवार्डमा कराते प्रशिक्षक कुशल श्रेष्ठलाई प्रदान गरिएको छ ।

एसियाली खेलकुदमा ऐतिहासिक पदक विजेता एरिका गुरुङका प्रशिक्षक (गुरु) कौशलले रेहान जाबेद, सविना श्रेष्ठ, पुष्पका लामा र मनीषा बोहोरालाई पनि अन्तराष्ट्रिय प्रतियोगितामा पदक दिलाउने प्रशिक्षकका रुपमा योगदान दिएका छन् ।

लाईफटाइम अचिभमेन्ट अवार्ड पुर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी कुमार मोहन बहादुर शाहीलाई प्रदान गरिएको थियो । उनलाई नेपाली ब्याडमिन्टनमा दीर्घकालिन योगदान गरेको सम्मान स्वरुप यो अवार्ड प्रदानग गरिएको हो ।

उत्कृष्ट पारा खेलाडिको अवार्ड ब्लाइन्ट महिला क्रिकेट टोलीकी सुस्मा तामाङलाई प्रदान गरिएको थियो । उत्कृष्ट युवा खेलाडिको अवार्ड कराते खेलाडि मनिषा कुमारी बोहोराले जितेकी छन् ।

उनीले २३ औ क्याडेट जुनियर तथा यू–२१ कराते च्याम्पियनसिपकी कास्य पदक तथा नवौ दक्षिण एसियाली कराते च्याम्पियनसिप र ५६ औ राष्ट्रिय कराते च्याम्पियनसिपको स्वर्ण पदक विजेता हुन् । कराते प्रशिक्षक तथा कराते रेफ्री ध्रुव विक्रम मल्ललाई विशेष अवार्ड प्रदान गरियो । उनी बालाजु कराते डोजोका सन्चालक हुन् ।