त्रिशूली ३ एको सुरुङबाट एक जनाको जिवितै उद्धार

१९ भदौ, काठमाडौं । त्रिशूली ३ एको सुरुङ भित्रबाट एक जनाको जिवित उद्धार गरिएको छ । सांसद श्रीराम न्यौपानेका अनुसार उनी सञ्जय साह हुन् ।

अन्य पनि भित्र रहेको जानकारी आएको छ । अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ । १० औं दिनमा मजदूरहरु निकाल्न उद्धार टोली सफल भएको छ ।