१९ भदौ, काठमाडौं । त्रिशूली ३ एको सुरुङ भित्रबाट दुई जनाको जिवित उद्धार गरिएको छ । ऊर्जा मन्त्रालयका अनुसार कबीर महर्जनको उद्धार भएको छ । सुरुमा सञ्जय साहको उद्धार भएको थियो । साह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए । उनीहरु नेपाल विद्युृत प्राधिकरणका कर्मचारी हुन् ।
