एनआईबिएल एस क्यापिटल लिमिटेडको शाखा स्थानान्तरण

काठमाडौं, २४ काठमाडौं । एनआईबिएल एस क्यापिटलको लालदरवार, काठमाडौं स्थित शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरि आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

ग्राहकहरुको सहजतालाई मध्ये नजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा शाखाहरु खोली सेवा विस्तार गर्दै जाने कम्पनीले बताएको छ ।

यस कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरु लगायत यस कम्पनीको पुतलिसडक, काठमाडौं; लगनखेल, ललितपुर; चिप्लेढुङ्गा, पोखरा; विरगंज; विराटनगर; र बुटवल शाखाबाट विभिन्न सेवाहरु उपलव्ध गराईरहेकोमा यस शाखाबाट निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरु सहित सम्पूर्ण सेवाहरु प्रदान गरिने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here