छोरीसहित व्यापारी रूप ज्योति थप ५ दिन थुनामा

काठमाडौं, २४ कात्तिक । अदालतले व्यापारी रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार व्यापारी रुप ज्योति र उनको छोरीलाई ५ दिन थुनामा राख्न म्याद थप गरेको हो । यसअघि जिल्ला अदालत काठमाडौंले रुप ज्योतिका बाबुछोरीलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको थियो।

सो म्याद शनिबार सकिएपछि उनीहरुलाई आइतबार दोस्रो पटक म्याद थपका लागि अदालत पुर्‍याइएको थियो।

अदालतले बाबु–छोरीलाई नै ५ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो । गत बिहीबार उनीहरु सिंगापुर फर्कदैँ गर्दा महानगरिय प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।

उनीहरुलाई हाउजिङका नाममा ठगी गरेको भन्दै पक्राउ गर्नका लागि जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते पक्राउ गर्न अनुमति दिएको थियो । उक्त मुद्दाको विरुद्धमा ज्योति सर्वोच्च अदालत पुगेका थिए ।

तर, सर्वोच्चले पनि ज्योति विरुद्ध फैसला सुनाएपछि उनी पक्राउ परेका थिए । उक्त हाउजिङ कम्पनी बाबु र छोरी दुबैका नाममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here