अर्थमन्त्री कतार प्रस्थान

१० असोज, काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले कतार प्रस्थान गरेका छन् । एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समितिको ११ औं औं वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज साँझ कतारको राजधानी दोहा प्रस्थान गरेका हुन् । कतार एयरवेजको नियमित उडान मार्फत साँझ ७ बजे उनी दोहा प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलमा मन्त्रीसँगै अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि छन् ।

वार्षिक बैठकका क्रममा माननीय अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण, र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्नेछन् ।

भ्रमणका क्रममा माननीय अर्थमन्त्रीको उपस्थितिमा बैंकका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरुसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन् । अर्थमन्त्री बुधबार स्वदेश फिर्ता हुनेछन् ।