अडियो काण्डमा मुछिएका भन्सार अधिकृतलाई जिम्मेवारीबाट हटाइयो, अनुसन्धान सुरु

१० असोज, काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच उत्पन्न विवाद र सार्वजनिक अडियोबारे सरकारले अनुसन्धान थालेको छ । सो अडियोमा भन्सार अधिकृतले प्रहरीलाई धम्किपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ । सो सम्बन्धमा सार्वजनिक भएका विवरण माथि थप बुझ्न पर्ने भएको भन्दै भन्सार विभागले कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको जानकारी बताएको छ ।