नारायणी नदी खतराको तहभन्दा माथि

११ असोज, काठमाडौं । नारायणी नदीले खतराको तह पार गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैजनालाई सचेत रहन सूचित गरेको छ ।

आज पनि देशको पश्चिमी भेगमा भारती तथा अति भारी वर्षाको सम्भावना छ । जसले ठूला नदीहरुको तल्लो तटीय क्षेत्रमा जोखिम निम्त्याएको छ । नारायणीले चितवन र नवलपरासीका धेरै क्षेत्र डुबानमा पार्ने गरेको छ ।