आज यी जिल्लामा बाढी र पहिरोको जोखिम

११ असोज, काठमाडौं । आज पनि पश्चिम नेपालका लुम्बिनी र गण्डकी प्रदेशमा बाढी र पहिरोको जोखिम अत्यधिक रहेको पाइएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा, पर्सा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, अर्घाखांची, प्युठान, दाङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, बाजुरा, अछाम, डोटी, बझांङ, दार्चुला, बैतडी, डडेलधुर, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने छ ।

यसले आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को उच्च जोखिमको सम्भावना रहेको महाशाखालले जनाएको छ ।