२ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको पनि बढ्यो

काठमाडौं, २५ कात्तिक। सोमवार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

आइतवार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार २ सय रुपैयाँले बढेर प्रतितोला ७१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेको छ ।

आइतवार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार २ सय रुपैयाँ बढ्दै ७० हजार ९ सय रुपैयाँ पुगेको छ ।

सोमवार चाँदीको मूल्य पनि बढ्यो । आइतवार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमवार ५ रुपैयाँ बढदै प्रतितोला ८ सय ४५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here