ठगी आरोपमा अघोरी बाबाकी श्रीमती पक्राउ

काठमाडौं, २५ कात्तिक । अघोरी बाबाका रुपमा चिनिएका विजय केसीकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बौद्धले पाण्डेलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको हो ।

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाण्डेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ । पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी बाबा भनिने केसी पनि सँगै गएको प्रहरी श्रोतले जनाएको छ ।

अघोरी बाबाले पाण्डेलाई विवाह गरेपछि लाइफ ओके भएको प्रतिक्रिया दिने गरेका थिए ।पाण्डेलाई विवाह गरेपछि लाइफ ड्यामेज बाबाले लाइफ म्यानेज गरेको भन्दा सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here