राष्ट्रिय वाणिज्य बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयको उद्घाटन

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले सुदूर पश्चिम प्रादेशिक कार्यालय, धनगढी, कैलालीको उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै उक्त कार्यालयको उद्घाटन गरे ।

उक्त अवसरमा सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले सरकारको लगानीमा संचालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभएपनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताउंदै सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरुलाई समान ब्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ्ग सेवा प्रवाहका लागि ‘सेवा सहितको नाफा र नाफा सहितको सेवा’ प्रवाहमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ्ग सेवा पुर्याउंदै जाने प्रतिबद्धता ब्यक्त गर्दै समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक पार्न बैंक तथा वित्तीय संस्थाहरुको अहम् भुमिका हुने बताए ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here