दाङमा बस दुर्घटना, १४ जना घाइते

काठमाडौं । दाङको लमहीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बिहीबार लमही नगरपालिका-९ शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे१ख ३१३० नम्बरको बस दुर्घटनामा परेको हो ।

लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको उक्त बस अनियन्त्रित भई पल्टेकाे हाे। बसमा चालक र सहचालक सहित ५३ जना सवार थिए ।