क्यानको कार्यसमिति निर्वाचन: नवराज कुँवर प्यानलको उम्मेदवारी घोषणा

काठमाडौं, २६ कात्तिक । कम्प्यूटर एशोसिएशन नेपाल (क्यान फेडेरेशन) महासंघको १३ औं कार्यसमिति निर्वाचनको लागि नवराज कुँवरको प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

काठमाडौंमा मंगलवार पत्रकार सम्मेलन गर्दै कुँवरको प्यानलले उम्मेदवारी घोषणा गरेको हो । मंसिर ७ गते हुने कार्यसमिति निर्वाचानको लागि ४३ जनाको समितिको संयुक्त रुपमा उम्मेदवारी घोषणा गरिएको हो ।

सातै प्रदेशमा विस्तार भएको महासंघले ५७ जिल्लामा उपस्थिति जनाईसकेको छ । यसैबिच कार्यक्रममा नवराज कुँवरको प्यानलले निर्वाचनको लागि आफ्नो १४ बुँदे प्रतिबद्धताहरु पनि प्रस्तुत गरेको थियो ।

प्रतिवद्धता पत्रमा सूचना प्रविधि क्षेत्रको विकासका साथै भ्रमण वर्षलाई विशेष रुपमा सहयोग गरिने विषयबस्तुहरु समावेश छन् । अध्यक्षको लागि उम्मेदवारी दिएका कुँवर हाल क्यानका बरिष्ठ उपाध्यक्ष पनि हुन् ।

कुँवरको प्यानलमा

अध्यक्ष नवराज कुँवर

संस्थागत साधारण समूहबाट

राजन कर्माचार्य, अमित सराफ,राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने

संस्थागत आजिवन समूहबाट

डा. पनन कुमार शर्मा, नवीना जोशी, राजेन्द्र अर्याल

व्यक्तिगत आजिवन समूहबाट

प्रा. डा . शुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी

व्यक्तिगत साधारण समूहबाट

खुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का,धनश्याम खनाल,श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेशराज कार्की

वस्तुगत सदस्य समुहबाट

नारायण बहादुर थापा, भोजराज भट्ट,चिरजिवि अधिकारी, प्रताप सापकोटा

लेखा समितिमा

लक्ष्मण यावद, हृदयमान श्रेष्ठ, भिमसेन गिरी रहेका छन् ।

जिल्ला शाखा समूहबाट

प्रदेश १: निर्णय हुा बाँकी
प्रदेश २ : दिपेन्द्रराज सिंह, भुपालदास श्रेष्ठ
प्रदेश ३ : शेखरनाथ दुलाल, भानु शर्मा
गण्डकी प्रदेश : अशोकबाबु राना, एक जना बाँकी
प्रदेश ५ : रेशम गिरी, ध्रुवराज शर्मा
कर्णली प्रदेश : दल बहादुर खड्का भीम मल्ल
सूदूरपश्चिम प्रदेश : हर्क सेठ्ठी, खेमराम ढुंगाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here