व्यवसायी डा. रुप ज्योति पक्राउको विरोधमा आन्दोलनको घोषणा

काठमाडौं,२७ कात्तिक । वरिष्ठ उद्योगपति रुप ज्योति लाई पक्राउ गरेका विषयलाइ लिएर नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आन्दोलन गर्ने भएको छ ।

कात्तिक २८ गते विहिबार विहान ११ बजे जुद्ध सालिक, नयाँ सडक बाट चरणबद्ध विरोधको कार्यक्रमहरुको आयोजना गर्न लागेको संघले जारीगरेको विज्ञप्तीमा उल्लेख छ ।

नेउवा प्रदेश ३ का अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका समेत अध्यक्ष दिनेश श्रेष्ठले लेनदेनको मुद्धामा यसरी धरपकट गर्नु नाजायज रबैया भएको बताए ।

देशमा अरबौंको लगानी गरी वार्षिक करोडौंको कर राजश्व बुझाउने समूहको सदस्य र परिवार माथि व्यवसायिक कारोबारको सिलसिलामा भएको विवादको सहजैरुपमा समाधान गर्न सकिने प्रशस्त माध्यमहरु हुँदाहुँदै पनि यस्तो गम्भीर अवस्थाको सिर्जना हुन गएकोले निजी क्षेत्रको व्यवसायिक वाताबरणमा नकारात्मक असर पुग्न सक्नेप्रति समेत यस संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

राज्यको अर्थतन्त्रमा विशेष योगदान पुर्याउदै आएका राष्टकै प्रतिष्ठित, जिम्मेवार उद्योगपति र सामाजिक रुपान्तरणका अभियन्ता डा। रुप ज्योति र उनका छोरी सुरुची ज्योति लाई आर्थिक लेनदेनको विवादको सन्धर्भमा विदेशको भ्रमण बाट फर्कदै गर्दा सिधै एयरपोर्ट बाट पक्राउ गरिएको थियो ।

देशमा अरबौंको लगानी गरि वार्षिक करोडौंको कर राजश्व बुझाउने समुहको सदस्य र परिवार माथी व्यवसायीक कारोबारको सिलसिलामा भएको विवादको सहजैरुपमा समाधान गर्न सकिने प्रशस्त माध्यमहरु हुदा हुदै पनि यस्तो गम्भीर अवस्थाको सिर्जनाहुन गएकोले निजि क्षेत्र को व्यवसायीक वाताबरणमा नकारात्मक असर पुग्न सक्नेप्रति समेत यस संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here