सामूहिक बलात्कार प्रकरण: अभियुक्तलाई पाँच वर्ष कैद,पीडितलाई ७ लाख क्षतिपूर्ति

?????????????????????????????????????????????????????????

काठमाडौं, २७ कात्तिक । जिल्ला अदालत काठमाडौंले १८ बर्षिया युवतीलाई दरबारमार्गमा सामूहिक बलात्कार गरेको मुख्य दोषीलाई जेल सजाय र पीडितलाई ७ लाख रुपैंया क्षतिपूर्तिको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेस कार्कीलाई पाँच वर्ष २ महिना कैद पठाउने र पीडित युवतीलाई ७ लाख क्षतिपूर्ति भराउने निर्णय गरेको हो।

उक्त प्रकरणका अभियुक्त ठेकेदार विकास गौतम र दिपक श्रेष्ठलाई १४ महिना जेलको समान सजाय सुनाएको छ । ४ जेठ, ०७५ मा सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी महलमा साजय माग गरी मुद्दा दर्ता गरेको थियो ।

दरबार्गको ल्यान्डमार्क होटलमा ७ माघ ०७४ मा ति युवतीका प्रेमी कार्कीको सहयोगमा चार जनाले सामुहिक बलात्कार गरेका थिए । पीडित युवतीले माघ ८ गते प्रहरी वृत्त दरबारमार्गमा आरोपित ४ जनाले आफूलाई बलात्कार गरेको र सोही बेला नग्न तस्बिर तथा भिडिओसमेत खिचेर राखेको भन्दै उजुरी गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here