नेपाली विद्यार्थीको भिषा समस्या समधान गर्ने बङ्गलादेशका राष्ट्रपतिको प्रतिबद्धता

काठमाडौं, २७ कात्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बङ्गलादेशमा पढ्ने नेपाली विद्यार्थीको भिषा समस्या समधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

चार दिने नेपाल भ्रमणको क्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगकोे शिष्टाचार भेटमा राष्ट्रपति हमिदले बङ्गलादेशमा पढ्ने नेपाली विद्यार्थीको भिषा समस्या समधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बङ्गलादेशमा पढ्ने नेपाली विद्यार्थीले लामो समयदेखि भिषाको समस्या झेल्दै आएका छन् । त्यस्तै भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्य हुनुपर्ने बताए । दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताउँदै बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा समर्थन गर्ने नेपाल ७ औं राष्ट्र भएको बताए ।

नेपाल जस्तो सुन्दर र नजिकको देशमा अघिल्लो वर्ष २० हजारबढी बङ्गलादेशी जनताले भ्रमण गरेको जानकारी गराउँदै यसलाई बृद्धि गर्न सकिने धारणा राखे । भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले नेपाल र बङ्गलादेशको कूटनीतिक सम्बन्ध कायम भएदेखि नै मैत्रीपूर्ण रहेको बताए ।

दुई देशबीच अहिले व्यापार घाटा रहेको छ। यसलाई कम गर्नका लागि जलविद्युत र पर्यटनका क्षेत्रको सहकार्य बढाउनु बताउँदै उनले भने जलविद्युत उत्पादन, ग्रिड जडान र विद्युत प्रवाहमा सहकार्य गर्दा दुबै देशलाई फाइदा पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here