प्रहरी हिरासतमा रुप ज्योतिसँग चेम्बर टोलीको भेट

काठमाडौं, २७ कात्तिक । नेपाल चेम्बर अफ कमर्शको टोलीले हिरासतमा रहेका पूर्वराज्यमन्त्री तथा व्यवसायी रुप ज्योतिलाई भेटेको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रहरी हिरासत दरबारमार्गमा रहेका वरिष्ठ उद्योगी एंव व्यवसायी डा.रुप ज्योतीसँग भेटघाट गरेको छ ।

भेटघाटको क्रममा अध्यक्ष श्रेष्ठले निजको स्वास्थ्य स्थिती एंव समग्र अवस्थाबारे जानकारी लिदै कानूनी राज्य भएको मुलुकमा व्यवसायी ज्योतिको शीघ्र हिरासतबाट मुक्त हुने आशा राखेको श्रेष्ठले बताए । यसअघि चेम्बर ज्योतिलाई प्रकाउ गरेकोमा आपत्ति जानएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here