माछापुच्छ्रे बैँकको चितवनदेखि कैलालीसम्म नयाँ शाखा विस्तार

काठमाडौं, २८ कात्तिक । माछापुच्छ्रे बैँकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।

बैँकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देही जिल्लाको मनिग्राम, कपिलवस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा, दाङ्ग जिल्लाको तुल्सीपुर र लमही, वर्दिया जिल्लाको गुलरिया तथा कैलाली जिल्लाको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको हो ।

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानीय जनप्रतिनिधि एंव तथा माछापुच्छ्रे बैँक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।

माछापुच्छ्रे बैँकले देशका हरेक वर्ग र समुदायसम्म बैँकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा बैंकले २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

बैँकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४४ वटा शाखाहरु र १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैँकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै देशभर रहेका १६७ वटा एटीएमहरु मार्फत बैंकले २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here