काठमाडौं, २८ कात्तिक । बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ ।
फाइनलमा माल्दिभ्सलाई हराएर नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको हो । बंगलादेश ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा समूह चरणदेखि अपराजित नेपाली टिम उच्च मनोबल राखेर मैदानमा उत्रेको थियो ।
नेपालले पहिलो स्वर्णपदक जित्दा माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो।
प्रतियोगितामा अपराजित रहेको नेपाल शीर्ष स्थानमा रहँदै फाईनलमा पुगेको थियो। माल्दिभ्स शीर्ष दुईमा रहँदै उपाधि भिडन्त पक्का गरेको थियो।
नेपालले समूह चरणका खेलहरूमा अफगानिस्तान, किर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई समान ३—० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले यो प्रतियोगितालाई नेपालमा हुने दक्षिण एशियाली खेलकुद सागको तयारीका रुपमा समेत लिएको छ। नेपालले हालसम्म स्वर्णपदक जित्न सकेको छैन।
यसअघि २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको थियो।























