सुनचाँदीको भाउ घट्यो, कति छ आज ?

काठमाडौं २९ कात्तिक । नेपाली बजारमा शुक्रवार सुन चाँदीको भाउमा गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार २०० रुपैयाँले घट्दै प्रतितोला ७१ हजार ८ यस रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार तेजावी सुनको मूल्य पनि २०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रवार २०० रुपैयाँ घट्दै प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार शुक्रवार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार ५ रुपैयाँले घट्दै प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here