नवौँ ह्याट्रिक पुरा गरेका रोनाल्डो १०० गोलको कोशेढुंगा नजिक

काठमाडौ २९ कात्तिक । नवौ ह्याट्रिक पुरा गर्दै क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ९८ पुर्‍याएका छन् ।

युरोकप छनोट खेलमा आफ्नै मैदानमा पोर्चुगलले लिथ्वानियालाई ६–० ले हराउँदा रोनाल्डोले ह्याट्रिक गरे ।

सातौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २२औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा गोलको वर्षा नै गर्यो ।

५२औँ मिनेटमा पिज्जीले गोल गरे । ५६ औँ मिनेटमा गोन्कालो पासिन्सिया र ६३औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि पोर्चुगलले ५–० को अग्रता लियो ।

खेलको ६५औ मिनेटमा गोल गर्दै आफनो देशका लागी नवौ ह्याट्रिक पुरा गरे । सिल्भाको पासमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पोर्चुगलले ६–० को जित निकाल्यो । अन्तर्राष्ट्रिय खेलमा १०० गोलको कोशेढुंगा नजिक पुगेका छन । जितसँगै पोर्चुगलले समूहमा १४ अंक बनाएको छ ।

यो समूहमा सर्विया तेस्रो स्थानमा छ । सर्वियाले लग्जम्बर्गलाई ३–२ ले हरायो । १३ अंक जोड्दै सर्विया तेस्रो स्थानमा पुगेको हो । समूहमा युक्रेन १९ अंक बनाउँदै छनोट भइसकेको छ । अन्तिम खेलमा सर्वियाले युक्रेनसँग र पोर्चुगलले लग्जम्बर्गसँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here