किन बन्द गरियो फेसबुकको ५ अर्ब ४० करोड अकाउण्ट ?

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले यो वर्ष मात्रै करिब ५ अर्ब ४० करोड भन्दा धेरै फेसबुक अकाउण्ट बन्द गर्‍यो ।

फेसबुकले ट्रान्सपरेन्सी रिर्पोट सार्वजनिक गर्दै ५ अर्ब ४० करोड भन्दा धेरै अकाउण्डहरु बन्द गरेको बताएको छ ।

यसकारण बन्द गरियो फेसबुकको ५ अर्ब ४० करोड अकाउण्ड

फेसबुकले सार्वजनिक गरेको रिर्पोट अनुसार धेरै मात्रामा फेक अकाउण्टहरु भएको कारण यी अकाउण्ट बन्द गरिएको हो । फेसबुकले सन् २०१९ मा धेरै फेक फेसबुक अकाउण्ड बन्द गरेको र आगामी दिनमा पनि यस्ता अकाउण्ट बन्द गर्दै जाने बताएको छ ।

फेसबुकका हाल २ अर्ब ५० करोड भन्दा धेरै मासिक प्रयोगकर्ताहरु रहेका छन् । जसमध्ये ५ प्रतिशत अकाउण्ट फेक रहेका छन् ।

कस्ता मानिसहरु अकाउण्ट बन्द भयो ?

फेसबुकले बन्द गरेका अकाउण्टहरुमा धेरै समयदेखी प्रयोजना नआएको, फोन तथा इमेलबाट अकाउण्ट प्रमाणिग नगरिएको तथा विभिन्न प्रकारका गलत क्रियाकलापलाई प्रोत्साहन गर्ने काम गर्ने रहेका छन् ।

यसका साथै बाल दुर्व्यवहार र आत्महत्याका विषयवस्तु रहेका अकाउण्टहरु पनि बन्द गरिएको छ ।

फेसबुकले आफ्नो क्षेत्रबाट हुने गरेको सबै प्रकारका अनैतिक क्रियाकलापलाई रोक्नको लागि काम गर्दै जाने बताउदै आएको थियो । यसकै लागि यतिधेरै अकाउण्टहरु बन्द गरिएको फेसबुकले बताएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here