कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीमा को-को परे ? (नामावली सहित)

काठमाडौं , २९ कात्तिक । विश्वकप फुटबलको एशियाली देशहरुको छनोट अन्तर्गत कुवेत विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघले शुक्रबार सूचना जारी गरी २३ सदस्यीय नेपाली फुटबल टिमको घोषणा भएको हो ।

नेपालले मंसिर ३ गते भुटानमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने भनिएको आफ्नो होम खेल दशरथ रंगशाला तयार नभएको कारण भुटानमा खेलाउन लागिएको हो ।जोहान कालिनले टोली घोषणा गरेको जनाएको छ । टोलीको कप्तान किरण चेम्जोङ छन् । उनी गोलरक्षक हुन् ।

कुवेतविरुद्ध नेपालले आउँदो मंगलबार भुटानमा खेल्नेछ ।

देशभित्रको रँगशालाप्रति एशियाली फुटबल संघले चित्त नबुझाएपछि घरेलु खेल न्युट्रल स्थानमा खेल्नुपर्ने भएपछि भुटानमा खेल्न लागेको हो ।

यसअघि कुबेतसँग उसको मैदानमा खेलेको खेलमा नेपाल ७० ले पराजित भएको थियो । छनोट चरणमा नेपालले एक खेलमात्र जितेको छ ।

नेपाली टोली

गोलरक्षक: किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

रक्षक: सरोज दाहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, अजित भण्डारी र रञ्जीत धिमाल ।

मध्यपीक्त: सुनिल बल, अन्जन बिष्ट, बिक्रम लामा, रविशंकर पासवान, मिक्छेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ र तेज तामाङ

अगंपंक्ति: भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तीमगर, र अभिशेक रिजाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here