मंसिर १४ देखि इलाममा सुर्योदय नगर महोत्सव हुने

काठमाडौं, २९ कात्तिक । इलामको सूर्योदय नगरपालिकाले मंसिर १४ देखि १८ सम्म प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्ने भएको छ ।

सरकारको घोषणा गरेको १ सय पर्यटन गन्तब्य मध्य प्रदेश १ को एक मात्र पर्यटकिय स्थल मध्य एक कन्याम फिक्कल श्रीअन्तु सर्किट पर्यटकहरुको लागि महत्वपुर्ण आकर्षण रहेको नगरपालिकाका मेयर रण बहादुर राइले बताए ।

५० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा नगरपालिकाले २५ लाख लगानी गर्नेछ । भारतको दार्जलिङ, सिक्किम, भुटान तथा बंगलादेशबाट समेत एकै दिनमा आइपुग्ने पहाडी गन्तब्य भएकोले सुर्योदय नगरपालिकाले भारतको मिरिक नगरपालिका तथा दार्जलिङको स्थानिय सरकारसँग पनि सहकार्य गरेको उनले बताए ।

पहाडी क्षेत्रमा भारतसँग सिमाना जोडिएको एक मात्र पक्की सुगम सडक मार्गबाट इलाम भित्रने पर्यटकहरु बढीरहेको उनले जानकारी दिए ।

आकर्षक सुर्योदय अवलोकन गर्ने डाँडा श्रीअन्तु, चिया बगान फिक्कल, भारतसँग सिमाना जोडिएको बजार पशुपतिनगर, रेड पाण्डा संरक्षण स्थल गोर्खेलगायतका स्थानमा महोत्सवभरी विभिन्न सास्कृतिक कार्यक्रम सहित पर्यटकहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको उनल जानकारी दिए ।

महोत्सव सम्बन्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामलाई पर्यटकिय क्षेत्रको रुपमा विकाश गर्ने तयारी भइरहेको बताए । पर्यटन विकाशका लागि पूर्वाधार आवश्यक रहेका बताउदै उनले भने ‘सुर्योदश नगरपालिका पर्यटनको गन्तब्य नै गन्तब्य हो । यहाँका हरेक वडामा सडक र बत्ति पुगेको छ ।’

७३ चिया उद्योग रहेको नगरापालिकालाई टि टेस्टिङ सेन्टरको रुपमा विकाश गर्ने तयारी भइरहेको नगरपालिाका वडा ९ का अध्यक्ष देबेन्द्र शर्माले बताए ।

उनका अनुसार नगरक्षेत्रमा रहेका होटेल, रिसोर्ट तथा होमस्टेहरुमा दैनिक ३ हजार ७ सय ५० पर्यटकलाई सेवा दिन सकिन्छ । सुर्योदय नगरपालिकाले यो बर्ष ५ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here