नेपाललाई ठूलो धक्का,विमल सहित पहिलो रोजाईका चार खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

काठमाडौं,३० कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फरवार्ड विमल घर्तीमगर सहित चार खेलाडीलाई राष्ट्रिय टिमबाट हटाएको छ ।

विश्वकप २०२२ को छनोट अन्तर्गतको कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने अन्तिम टोलीमा परेका नेपाली टिमका ४ खेलाडीलाई अनुशासनको कारबाहि गर्दै राष्ट्रिय टिमबाट बर्खास्त हटाएको हो ।

एन्फाले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको भेटिएकाले कारबाही गरेको जनाएको छ ।

एन्फाले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो। कारबाहीमा परेपछि चारै खेलाडीले भुटानको यात्राबाट बन्चित भए।

समूह चरणको पाँचौ खेल दशरथ रंगशाला हुने भनिए पनि रंगशाला समयमा तयार नहुँदा उक्त खेल भुटानको चाङलिमिथाङ रंगशालामा मंगलवार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here