एनबीएल डिवेन्चर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं,१ मंसिर । नेपाल बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङबीच एनबीएल डिवेन्चर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

डिवेन्चर निष्कासनका लागि नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपाल बैंकको २ अर्ब ५० करोड रुपियाँ बराबरको ‘१० प्रतिशत एनबीएल डिवेन्चर २०८३’ अब नविल इन्भेस्टमेन्ट बैंकिङ, नक्साल काठमाडौंले गर्नेछ । कुल २५ लाख कित्ता डिबेञ्चर मध्ये १५ लाख कित्ता डिबेञ्चर व्यक्तिगत तवरबाट र १० लाख कित्ता डिबेञ्चर सर्वसाधारणमा निष्काशन गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here