नेपालको अर्थतन्त्र उज्यालोतर्फ,दक्षिण एशियामा कम ऋण भएको देश

काठमाडौं, १ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेको बताएका छन् ।

कर दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने बताएका हुन् ।

त्यस्तो समस्यालाई सल्टयाउँदै लैजाने बाटोबाट सरकार पनि अघि बढिरहेको र उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताएका छन्।
मुलुकलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठयारो भएपनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताएका छन् ।

उनले मुलुकको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एशियामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल रहेको जनाकारी गराए ।

मुलुकलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धि अलोकप्रिय नीति लिनु परेको पटक–पटक दोहोर्याए।

‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौं,’ खतिवडाले भने । व्यवसायीहरुलाई मुलुकप्रति जवाफदेही बनाउने गरी कर कानुन लागू गरिएको पनि दोहोर्याए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here