‘सरकारले नक्सा सच्याउने मात्र होइन,हाम्रो भूमि फिर्ता ल्याउँछ’- प्रधानमन्त्री

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी ओलीले नेपाली भूमिबाट विदेशी सेना फेर्ता हुनुपर्ने बताएका हुन्।

आइतवार सत्तारूढ नेकपाको भातृसङ्गठन युवा सङ्घको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै ओलीले नेपालले एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने भन्दै कालापानीबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका हुन् ।

ओलीले भारतसँग तनाव गर्ने पक्षमा सरकार नरहेको उल्लेख गर्दै संवादबाटै सीमा विवाद समाधान गरिने बताए। ‘

छिमेकीसँग तनाव नहोस भन्ने हामी चाहन्छौं, अहिलेको सरकार संवाद गर्न नसक्ने छैन। राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ,’ उनले भने।

विश्व शान्तिका लागि नेपाली सेना पठाइने गरेको स्मरण गर्दै नेपाल शान्तिको पक्षमा रहेको र छिमेकीसाग तनाव नहोस् भन्ने चाहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here