सुजुकीको ‘एस-प्रेसो’ सार्वजनिक,के-के छ विशेषता,मूल्य कति ?

काठमाडौं । सुजुकी गाडीको बिक्री वितरण गर्दै आएको सीजी मोटोकर्पले कम्पनीको नयाँ गाडी सार्वजनिक गरेको छ । आइतबार ललितपुरमा एक समारोहकाबीच कम्पनीले आफ्नो एसयुभी सेग्मेन्टको नयाँ मोडल एस–प्रेसो सार्वजनिक गरेको हो ।

नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले नेपाल भित्र्याएको ‘हार्टटेक्ट प्लेटफर्म’ को पाँचौ पुस्तामा निर्माण भएको ‘एस-प्रेसो’ मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको र यसले बनोटलाई अझ बलियो तथा सुरक्षित बनाइदिएको कम्पनीले जनाएको छ।

यस्तै १० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस–प्रेसो’ अब नेपालका ३६ वटा सुजुकीरिटेल नेटवर्क मार्फत विक्रि वितरण हुने कम्पनीले जानकारी दिएको छ।
सुजुकीले ‘एस–प्रेसो’ मा वेस्ट(इन(क्लास’ फिचरहरु समेत लोड गरेको पनि कम्पनीले जनाएको छ।

‘एस–प्रेसो’ को लन्च ग्राहकका लागि ‘बेस्ट भ्यालु प्राइस’ मा बेस्ट इन डिजाइन’ टेक्नोलोजी र सेफ्टी उपलब्ध गराउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। न्यू मोडल सार्वजनिक गर्दै कम्पनीले एस–प्रेसो नेपालमा ल्याइएको एसयुभी मोडमा अहिले सम्मकै उत्कृष्ट कार रहेको बताएको छ ।

सहज सिट, अग्लो सिटिङ लेआउट, ठूलो लेग स्पेस, फराकिलो क्याविन, मध्यभागमा रहेको इन्स्ट्रुमेन्ट प्यानल, बोटल होल्डर, मध्यभागमा रहेको पावर विन्डो स्विच, रिय युटिलिटी स्पेस, ठूलो लगेज स्पेसले एस–प्रेसोलाई यही सेग्मेन्टको अरु कारभन्दा भिन्न र परिस्कृत बनाउँछ ।

१० सुरक्षा फिचर जतिलाई कारले विशेष ध्यान दिएको छ । कारमा दुईवटा एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, सिट बेल्टमा वार्निङ र तीव्र गतिको सूचना दिने इन्डिकेटरसमेत दिइएको छ ।

त्यस्तै एसप्रेसो सेग्मेन्टमै पहिलोपटक स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल राखिएको छ। म्युजिक, इन्टरमेन्ट र नेभिगेसनको लागि स्मार्ट प्लेजडित टचस्क्रिन रहेको छ। त्यस्तै एप्पल कार प्ले वा अन्य कुनै स्मार्ट प्ले स्टुडियो एक्पकम्पेटिबल समेत जडान गरिएको छ।

सेफ्टीतर्फ पनि उत्तिकै ध्यान दिइएको छ। यसमा डुअल एयरब्याग, ईबीडी, एबीएस, प्रि टेन्सनर, फोर्स लिमिटर, सिट बेल्ट, रियर पार्किङ सिस्टम, हाइ स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ सेन्सरलगायतका सुरक्षा फिचर छन्।

कारमा ड्राइभर सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ एसिस्ट, रिभर्स पार्किङ सेन्सरलगायत विशेषता पनि छन् । एस–प्रोसो कारले आफ्नो सेग्मेन्टमा पहिलोपल्ट स्टेरिङ माउन्टेड अडियो र भ्वाइस कन्ट्रोल फिचर दिएको छ ।

कारमा एड्भान्स स्मार्टप्लेट स्टुडियो म्युजिक, इन्टरटेनमेन्ट र नेभिगेसन सुविधा पाउन सकिन्छ । कारको लम्बाई ३५६५ एमएम, चौडाई १५२० एमएम र उचाई १५४९ एमएम छ । ह्विलबेस २३८० एमएम रहेको यो कारमा ५ जना बस्न सकिन्छ ।

नेपाली बजारमा बहुप्रतिक्षित मानिएको हार्टटेक्ट प्लेटफर्मको एस–प्रेसो क्लासमै सस्तो टप भेरियन्टमा अधिकतम २४ लाख ४९ हजारमा आएको छ ।

चार भेरियन्टमा आएको एस–प्रेसोको स्ट्यान्डाई २२ लाख ९९ हजार, एलएक्सआई २३ लाख ९९ हजार, भीएक्सआई २४ लाख ९९ हजार र टप भेरियन्ट भीएक्सआई प्लसको मूल्य २५ लाख ९९ हजार तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here