चुइँगम चपाउँदा सकियो नेपालीको १ वर्षमा ७२ करोड,कुन देशबाट कति आयात ?

जितेन्द्र खनाल

काठमाडौं, २ मंसिर । नेपालीको १ वर्षमा ७२ करोड रुपैयाँ चुइँगम खाएरै सकिएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार नेपालमा पछिल्लो १ वर्षमा ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँ बराबरको चुइँगम आयात भएको छ । जसमा २१ लाख ४७ हजार ९ सय १७ किलो चुइँगम आयात भएको थियो ।

नेपालमा एशियन मुलुकमात्र होइन, युरोपदेखि अमेरिकन मुलुकबाट समेत नेपालमा चुइँगम भित्रिने गर्छ ।

नेपालमा चुइँगमका पारखी बढेपछि धेरै मुलुकबाट चुइँगम भित्रिन थालेको हो । बजारमा विभिन्न स्वादमा चुइँगम पाइने गर्छ ।

स्कुल/कलेजका विद्यार्थीदेखि चुरोट सेवन गर्नेसम्मको रोजाइ चुइँगम पर्ने गरेको छ। अल्छि लागेको समयमा स्फुर्ती ल्याउन पनि चुइँगम नै रोजाइमा पर्छ।

चुइँगम खानेहरुको संख्या बढेपछि आयात पनि उच्च दरले बढेको छ ।

भारतबाट मात्रै ७० करोडको चुइँगम

भारतबाट सबैभन्दा बढी परिमाणमा चुइँगम आयात हुने गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार भारतबाट मात्रै ७० करोड भन्दा धेरै रकमको चुईँगम आयात भएको छ । भारतबाट २० लाख ९२ हजार ७५ किलो चुईँगम आयात हुँदा ७० करोड ९ लाख ६२ हजार रुर्पैयाँ बाहिरिएको छ ।

यसका साथै, बङ्गलादेश, कोरिया, चीन, साउदी अरबीया, अमेरिका, बेलायत, बेल्जियम, थाइल्याण्डका साथै अन्य देशहरुबाट पनि नेपालमा चुइँगम आयात हुने गरेको छ ।

चुइँगमको गुणस्तर, स्वाद र प्याकेजिङअनुसार मूल्य पनि फरक-फरक पर्छ । । नेपालका हरेक पसलमा दैनिक ठूलो संख्यामा चुइँगम किन्न पुग्ने ग्राहक भेटिन्छन्।

यस्तो छ चुईँगम आयातको तथ्यांकः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here