ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा विशेष छुट

काठमाडौं, १ मंसिर । ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजले हवाई टिकटमा छुट दिने भएको छ ।

ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा सात प्रतिशतसम्म छुट दिनेछ ।

सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रबर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजकातर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एलइमामले हस्ताक्षर गरेका हुन् ।

हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here