भृकुटीमण्डलमा ‘बैकिङ, बिमा र पूँजी बजार प्रदर्शनी’

काठमाडौं, १ मंसिर । उपत्यकामा ‘बैकिङ, बिमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ।

आइतबार काठमाडौंको भृकुटीमण्डलमा प्रदर्शनीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले गरेका थिए ।

प्रदर्शनीमा बैंक तथा वित्तीय संस्थाका सबै जानकारी एकै थलोमा पाउने भएकाले यसबाट उद्योगी व्यवसायीले ठूलो लाभ लिन सक्ने छन् । प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तीय संस्थाहरूको स्टल राखिएका छन्।

सोमबारसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स सङ्घ तथा शेयर विज्ञहरुले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।

मिडिया इन्टरनेशनलले आयोजना गरेको सो कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, बीमा समिति र नेपाल क्लियरिङ हाउसले सहकार्य गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here