तीन बाणिज्य बैंकको मुनाफा अर्ब बढी, नबिलको प्रतिश्पर्धीमा एनआईसी एसिया

काठमाडौं १, काठमाडौं । राष्ट्रिय बाणिज्य, नबिल र एनआईसी एसिया बैंकले एक अर्ब रुपैयाँ भन्दा बढी खुद मुनाफा कमाएका छन् । ती बैैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त मुनाफा कमाएका हुन ।

कुल २८ वाणिज्य बैंक मध्ये ३ वटाले मात्र एक अर्ब भन्दा बढी कमाउन सफल भएका हुन । बाँकी बैंकको खुद मुनाफा अर्ब भन्दा कम छ । बाणिज्य बैंकहरुमध्ये ८ वटाले मुनाफा गत वर्षको भन्दा घढेको छ । २० वटाको भने बढेको छ ।

गत वर्ष जस्तै यो वर्ष पनि राष्ट्रिय बाणिज्य सबैभन्दा अघि छ । सो बैंकले तीन महिनामा १ अर्ब १२ करोड ८० लाख रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष १ अर्ब ११ करोड रुपैयाँ कमाएको थियो ।

सो अवधिमा नबिल बैंकको खुद मुनाफा १ अर्ब १२ करोड ंं४० लाख रुपैयाँ छ । गत वर्ष भन्दा यो वर्ष नबिलको मुनाफा करिब ७ प्रतिशतले बढेको हो ।

धेरै नाफा कमाउने बैंकको तेस्रोमा एनआईसी एसिया बैंक छ । यो बैंकले गत वर्षको तुलनामा ३४ प्रतिशतले मुनाफा बढाएको वित्तीय विवरणमा उल्लेख छ । इन्भेष्टमेन्ट, एभरेष्टलगायत ठूला बैंकहरुलाई उछिन्दै तेस्रो नम्बरमा पुगेको छ । गत वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ कमाएको इन्भेष्टमेन्ट बैंक यो वर्षको त्रैमासमा ८४ करोडमा सिमित भएको छ ।

तर, गत वर्ष ७५ करोडको मुनाफा कमाएको एनआईसी एसिया बैंकले उच्च दरले नाफा बढाउदै १ अर्ब १ करोड कमाउन सफल भएको छ ।
निजी क्षेत्रका बैंकहरुमध्ये नबिल र एनआईसी एसिया प्रमुख प्रतिश्पर्धी देखिएका छन् । मुनाफा मात्र नभएर अन्य धेरै सूचकहरुमा एनआईसी बैंक र नबिल बीचको प्रतिश्पर्धा तिब्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here