डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरोकपमा छनोट,रोनाल्डो विश्व कीर्तिमान नजिक

काठमाडौं,२ मंसिर । डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरो कप २०२० मा छनोट हुन सफल भएको छ । लग्जम्बर्गलाई २–० ले हराउँदै पोर्चुगल समूह बीबाट उपविजेता बन्दै युरोकपमा छनोट भएको हो ।

छनोट चरणको अन्तिम खेलमा युरोकपको लागि स्थान सुरक्षित गर्दा क्रिष्टियानो रोनाल्डोले ९९औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । अघिल्लो खेलमा लिथ्वानियालाई ६–० ले हराउँदा ह्याट्रिक गरेका रोनाल्डोले लग्जम्बर्गलाई एक गोल थपेर गोलको सेन्चुरी नजिक पुगेका हुन् ।

पुरुषतर्फ विश्व रेकर्ड कायम गर्ने दौडमा निकै अघि रहन सफल रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाएका इरानका डाइज अलीको कीर्तिमान भेट्न अब १० गोल टाढा छन्। अलीले १०९ गोल गरेका छन्। यो वर्ष राष्ट्रिय टिमबाट निकै सफल देखिएका रोनाल्डोले १४ गोल गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here