क्यान महासंघ निर्वाचन: कुँवर समूहका १३,पाण्डेबाट २ जना निर्विरोध

काठमाडौं, २ मंसिर । कम्प्युटर एशोसियसन नेपाल महासंघको आसन्न निर्वाचनका लागि कुँवर समूहका १३ जना र पाण्डेबाट २ जना निर्विरोध भएका छन् ।

४२ पदका लागि हुने निर्वाचनमा कुँवर समूहबाट १३ जना र पाण्डे समूहबाट २ जना निर्विरोध निर्वाचित भएका हुन् । आइतबार उम्मेदवार मनोनयन भएको थियो ।

सूचना प्रविधिको छाता संगठनको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र महिला उपाध्यक्ष सुनैना पाण्डेको समुह बिच प्रतिष्पर्धा हुँदैछ ।

आगामी मंसीर ७ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोनयनमा बस्तुगत समूहबाट ४ पदका लागि नवराज कुँवर पक्षबाट नारायण थापा, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा र भोजराज भट्टको मात्र उम्मेदवारी परेको छ ।

प्रत्येक प्रदेशबाट २ जनाको दरले १४ जना निर्वाचित हुने जिल्ला शाखा सदस्यतर्फ कुँवर समूहबाटै प्रदेश २ बाट दिपेन्द्र कुमार सिंह र भूपालदास श्रेष्ठ, प्रदेश नं. ५ बाट रेशम गिरी र धु्रवराज शर्मा, कर्णाली प्रदेशबाट दल बहादुर खड्का र भिम मल्ल, सुदुर पश्चिम प्रदेशबाट हर्क सेठ्ठी र खेमराज ढुंगानाको मात्र उम्मेदवारी परेको छ ।

जिल्ला शाखाबाट संयुक्त रुपमा प्रदेश नं. १ मा ठाकुर कुमार श्रेष्ठ र भुपेन्द्र मैनालीको मात्र उम्मेदवारी परेको छ । त्यस्तै व्यक्तिगत साधारण समूह महिलातर्फ ३ पदको लागि कुँवर समूहको तर्फबाट रत्नतारा बैद्य, पाण्डे समूहबाट गुण केशरी प्रधान र सुश्मा शर्माको मात्रै उम्मेदावारी परेको छ ।

संस्थागत साधारण पुरुष ४ पदका लागि कुँवर समूहबाट खुशल रेग्मी, घनश्याम खनाल, श्री पौडेल, श्रवणकुमार श्रेष्ठ, सुभाष खड्का र दिनेशराज कार्कीको उम्मेदवारी परेको छ भने पाण्डे समूहबाट रेगबहादुर भण्डारी, चन्द्र विलास भूर्तेल, बसन्त लिङथेप, श्रीधर मरासिनी र रुपेशभक्त श्रेष्ठको उम्मेदवारी परेको छ ।

व्यक्तिगत आजिवन सदस्य समूह पुरुषतर्फ ३ पदका लागि कुँवर समूहका प्रा.डा. सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी र पाण्डे समूहबाट हेम्पाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवालको उम्मेदवार रहेका छन् ।

संस्थागत साधारण समूह पुरुषतर्फ ४ पदका लागि कुँवर समूका राजन कर्माचार्य, सुरेन्द्रप्रसाद न्यौपाने, शंकरलाल श्रेष्ठ, निरञ्जन पटेल, राजेशकुमार अग्रवाल र आलोक कुमार मालुको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका रणजितकुमार पोदार, विश्वराम बलामी, उमेश रघुवंशी, अरुणकुमार वंशल, बुद्धरत्न मानन्धर र न्हुछे बहादुर महर्जनको उम्मेदवारी दर्ता भएको छ ।

संस्थागत साधारण समूह महिलातर्फ ३ पदका लागि सर्मिला भुजेल, सरिता सिंह, रेभा राजभण्डारी र नजुमा कार्कीको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै संस्थागत आजिवन सदस्य समूहको ३ पदका लागि कुँवर समूहका राजेन्द्रप्रसाद अर्याल, नविन जोशी र डा. पवनकुमार शर्माको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका विक्रम सिंह, समीर प्रधार र अहमद खानको उम्मेदवारी परकेो छ ।

जिल्ला शाखा सदस्य तर्फ प्रदेश नंं ३ मा कुँवर समूहबाट शेखरनाथ दुलाल र भानुभक्त शर्मा तथा पाण्डे समूहका जयराम हुमागाई र श्यामकल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

गण्डकी प्रदेशमा कुँवर समूहका अशोकबाबु रानाको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका जगनबहादुर गुरुङ र दुवैको संयुक्त रुपमा कृष्णप्रसाद पोखरेलको उम्मेदवारी परेको छ ।

लेखा समितितर्फ व्यक्तिगत सदस्य समूहबाट कुँवर समूहका हृदयमान श्रेष्ठ, पाण्डे समूहबाट राजु कटेल र नारायणप्रकाश भुजु, जिल्ला शाखा समूहतर्फ कुँवर समूहका भिमसेन गिरी र पाण्डे समूहका प्रशान्त टण्डन, संस्थागत समूहबाट कुँवर समूहका लक्ष्मण यादव र पाण्डे समूहबाट केशवप्रसाद भट्टराई र अनिता बरालको उम्मेदवारी परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here