शेयर बजार स्थिर, साढे ३५ करोडको कारोबार

काठमाडौं, २ मंसिर । सातो दोस्रो दिन पनि शेयर बजार ओरालो लागेको छ । सोमवार नेप्से परिसूचक ०.२४ अंकले घटेर १ हजार १ सय ३१.१२ अंकमा झरेको छ । यसलाई विज्ञहरुले स्थिर भनेका छन् ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.५३ अंकले घटेर २ सय ४८.६० अंकमा झरेको छ ।

सोमवार जलविद्युत, उत्पादन, अन्य र सामुहिक लगानी कोष समुहको सूचक घट्यो भने बैकिङ्ग, फाइनान्स, होटल, ट्रेडिङ, विकास बैंक, निर्जीवन बिमा कम्पनी, लघुवित्त र जीवन बिमा समुहको सूचक बढ्यो ।

सोमवार सबैभन्दा धेरै सूचक ट्रेडिङ समुहको बढ्यो । ट्रेडिङ समुहको सूचक ८.११ प्रतिशतले बढ्यो । सबैभन्दा धेरै घट्नेमा उत्पादन समुह रहेको छ । उत्पादन समुहको सूचक १.६६ प्रतिशत घट्यो ।

सोमवार १ सय ६० कम्पनीको ११ लाख ८८ हजार ८ सय ४५ कित्ता शेयर किनबेच हुँदा ३५ करोड ६८ लाख ६१ हजार रुपैयाँ बराबरको करोबार भयो ।

सोमवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर धनीले कमाए । साल्ट ट्रेडिङको शेयर मूल्य ९.९३ प्रतिशत बढ्यो । त्यस्तै, घोडीघोडा लघुवित्त वित्तीय संस्थाको ९.९१ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनिभर्सल पावर कम्पनीको शेयर धनी रहेका छन् । यूनिभर्सलको शेयर मूल्य ५.४० प्रतिशत घट्यो । त्यस्तै, हिमालयन पावर पार्टनरको ३.५९ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्नेमा नबिल बैंक रहेको छ । बैंकले ८ करोड ३९ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here