चन्दा र लुटपाटमा लाग्नेलाई सरकाले छाड्दैनः ओली

काठमाडौं, ९ चैत । यही चैत १५ र १६ गते आयोजना हुने लगानी सम्मेलनलाई सफल पार्नका लागि सरकारले निजीक्षेत्रसँग फेरी छलफल गरेको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् ।

विदेशबाट आउने अतिथीहरुलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रवन्ध मिलाउन उनले निर्देशन दिनुभएको छ । कार्यक्रममा उद्योग तथा वाणिज्य प्रवद्र्धन परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने पुनः दोहोर्याएका छन् ।

‘गणतन्त्र आएको छ ,संघीयता आएको छ,आवधिक चुनाव भएको छ,’ ओलीले भने, ‘अब के चाहिएको हो ? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने ? त्यस्तो हुदैन । सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here