अनावश्यक करले उद्योग व्यापारमा अवरोधः नेपाल चेम्बर

काठमाडौं, २ मंसिर । आन्तरिक राजश्व विभागका महानिर्देसक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका छन् ।

आठौं कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरको दोश्रो दिन सोमवार नेपाल चेम्बर अफ कमर्सले गरेको अन्तक्र्रियामा उनले प्रविधी मैत्री कर प्रशासनमा जोड दिनुपर्ने उल्लेख गरे ।

महानिर्देसक कुँवरले कर शिक्षालाई प्राथमिकता दिदै प्रणाली र प्रक्रियागत प्रणालीमा सुधार गरि कर कार्यलय नपुगि कर भुक्तानी र कर विवरण मोबाईलमा जानकारी दिने दिशामा भएकाले उद्योगी व्यवसायी एंव करदाताको साथ अनिवार्य रहेको धारणा राखे ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै अन्तशुल्क करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने उल्लेख गरे ।

कर दिवसले करदातालाई आफूले तिरेको रकमको सही सदुपयोग हुने भएकाले कर कानूनको परिपालना, कर चुहावट नियन्त्रण एंव करदाता शिक्षाको माध्यमबाट सर्वसाधारणलाई कर सम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका हुने बताए ।

उनले उद्यमी व्यवसायीले कर सम्बनधी कानून उल्लघंन गरेका पाइएमा उनिहरुलाई फौज्दारी अभियोग नलगाई आर्थिक जरिवानामात्र लगाउनु पर्ने धारणा राखे ।

राष्ट्र बैंकको तत्थ्यांक अनुसार आ.व. २०७५/७६ मा राजश्व परिचालन रु.८६५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधीमा सरकारको कूल राजश्व रु.७२६ खर्ब ७२ करोड रहेको थियो ।

यस आ.व.वर्ष २०७६/७७ को दुई महिनाको राजश्व संकलन १४१ अर्ब ५१ करोड रहेको र सो अघिल्लो वर्षको सोही अवधिमा रु.११९ अर्ब २० करोड रहेको थियो ।

२०७४/७५ को तुलनामा २०७६/७७ मा १६ प्रतिशतले राजश्व वृद्धि भएको र आ.व.२०७६/७७ को दुई महिनामा सो वृद्धि करिब १५.७ प्रतिशतले वृद्धि भएबाट राजश्वको उठती वृद्धि भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here