फरवार्ड कम्युनिटीद्धारा बिमा दाबी भुक्तानी रकम हस्तान्तरण

पप्पु गुरुङ्ग, दोधारा ३ मंसिर । माहाकाली नगरपालिकामा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले मृत्यु पछि आफ्नो सदस्यलाई सहयोग गरेको छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेड ईलाका कार्यालय दोधारा चाँदनीले माहाकाली नगरपालिका वडान नं. ४ निवासी नितु रोकाको मृत्यु पछि उनका श्रीमान गोपाल रोकालाई आज एक कार्यक्रमकाबीच घरमै गएर बिमा बाफत रकम हस्तान्तरण गरेको हो ।
र्
फरवार्ड कम्युनिटी माईक्रोफाईनान्स बित्तिय संस्था लिमिटेड ईलाका कार्यालय दोधारा चाँदनीको केन्द्र नं. १ का मृतक नितु रोक्का २०७१ साल देखी फारवर्ड कम्युनिटी माईक्रोफाईनान्समा आबद्ध भएका थिए ।

मृतक रोकाको बिमा क्षतिपुर्तिको रकम रु. ९२ हजार नगद रकम उनका श्रीमानलाई हस्तान्तरण गरिएको फरवार्र्ड कम्युनिटी माईक्रोफाईनान्स बित्तिय संस्था लिमिटेड ईलाका कार्यालय दोधारा चादनीका प्रमुख खुशीराम चौधरीले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारको अध्यक्षतामा संचालन भएको बिमा रकम हस्तान्तरण कार्यक्रममा फरवार्र्ड कम्युनिटी माईक्रोफाईनान्स बित्तिय संस्था लिमिटेड ईलाका कार्यालय धनगडीका प्रमुख सञ्जय कुमार चौधरी, फरवार्ड कम्युनिटी माईक्रोफाईनान्स बित्तिय संस्था लिमिटेड ईलाका दोधारा चाँदनी शाखाका प्रमुख खुशीराम चौधरी, फरवार्ड कम्युनिटी माईक्रोफाईनान्सका कर्मचारी वर्षा चौधरी, फारवर्ड कम्युनिटी माईक्रोफाईनान्स बित्तिय संस्था लिमिटेड शाखा दोधारा चाँदनीका केन्द्र नं. १ का प्रमुख बाल कुमारी चौधरी लगाएत केन्द्रका सदस्य तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

मृतक रोक्काको बिमा रकम उनका श्रीमान गोपाल रोक्कालाई हस्तान्तरण गर्दै स–साना पुँजीे बचत गराउदै ती रकममा पूजी बृद्धि गरी सो रकमबाट आ–आफ्ना व्यापार व्यवसायमा लगानी गरी आय आर्जनको श्रोतहरु बृद्धि गर्न सकिने र आफ्नो जिवन स्तरमा सुधार ल्याउन माहाकालीमा फरवार्ड कम्युनिटीले सकारात्मक कार्य गर्दै आएको माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

फरवार्ड सहकारीले महिलालाई आर्थिक क्षेत्रमा अगाडी बढाउन सकारात्मक कार्य गरिरहेको उनको भनाई रहेको छ् । फरवार्र्ड कम्युनिटीले पिडितको घरमै गएर बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको फरवार्ड कम्युनिटी माईक्रोफाईनान्स बित्तिय संस्था लिमिटेड ईलाका कार्यालय धनगडीका प्रमुख सञ्जय कुमार चौधरीले बताएका छन् ।

श्रीमतीले समयमा फारवर्ड कम्युनिटी माईक्रोफाईनान्समा आबद्ध भएर बिमा गरेकोले आफ्नो पिडाको सहयोग पाएको मृतकका श्रीमान गोपाल रोक्काले बताएका छन् ।

समाज विकास र परिवर्तनका लागि बित्तिय संस्थाको भूमिका महत्वपूर्ण छ, । फरवार्डले महिलालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा अगाडी बढाउन विशेष भूमिका निर्वाह गर्दै आएको फारवर्ड कम्युनिटी ईलाका कार्यालय धनगडीका प्रमुख सञ्जय कुमार चौधरीले बताए । माहाकाली नगरपालिका क्षेत्रमा फारवर्ड कम्युनिटीको ९८ केन्द्रमा १ हजार ६ सय भन्दा बढी सदस्यहरु रहेको बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here