बाक्लो धुँवाले छोपियो अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर,जोखिमयुक्त वायु प्रदूषण

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नी जोखिमयुक्त वायु प्रदूषणको चपेटामा परेको छ ।

सिड्नी वरपरका क्षेत्रमा लागेको डढेलोका कारण बाक्लो धुवाँले छोपिएको छ। बीबीसीका अनुसार रातभरि चलेको वायुले सहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीको वायु प्रदुषणको मात्रा खराब भएको अधिकारीहरूले बताएका छन्।

रातभरी चलेको वायुले सहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीको वायु प्रदुषणको मात्रा खराब स्तरमा पुगेको छ ।

सामाजिक सञ्जालमा स्थानीय बासिन्दाहरूले बिहान उठ्दा धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको लेखेका छन्।

न्यू साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५० लाख मानिसहरू बस्छन्। न्यू साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौँदेखि फैलिएको डढेलोका कारण छजना मानिसहरूको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here