माहाकालीमा उपमेयर कप फुटबल प्रतियोगिता

दोधारा ३ मंसिर । माहाकालीमा नगर स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ् । फुटबल प्रतियोगितालाई उपमेयर कप फुटबलप्रतियोगिता नामाकरण गरिएको छ् ।

माहाकाली नगरपालिका नगर स्तरिय खेलकुद समितिको बैठकले मन बहादुर गुरुङ्गको संयोजकत्वमा उपमेयर कप फुटबल प्रतियोगिता १३ सदस्यीय उपसमिति गठन गरको छ् ।

माहाकाली नगरपालिका नगर स्तरिय खेलकुद समितिका संयोजक लोक बहादुर चन्दले उपमेयर फुटवल प्रतियोगिताको तयारी सुरु गरिएको जनाएका छन् । आज माहाकाली नगरपालिका वडा नं. ७ कञ्चनभोजमा बसेको नगर खेलकुद समितिको बैठकले मन बहादुर गुरुङ्गको संयोजकत्वमा उपमेयर कप फुटवल प्रतियोगिता १३ सदस्यीय उपसमिति गठन गरिएको संयोजक लोक बहादुर चन्दले बताएका छन् ।

खेल मैदान ब्यवस्थीत गर्ने, मञ्च ब्यवसथापन गर्ने तथा ब्यानर निमार्ण लगाएतका कार्य सुरु गरिने बताईएको छ् । माहाकाली नगरपालिकाको नगर स्तरिय उपमेयर कप फुटवल प्रतियोगितालाई सभ्य तथा भब्य बनाउन सबैले सहयोग गरिदिन माहाकाली नगरपालिका नगर स्तरिय खेलकुद समितिले अपिल गरेको छ् ।

नेपाल–भारत सिमा क्षेत्र नजिक रहेको माहाकाली नगरपालिका वडा नं. ७ कञ्चनभोजको पुटपुटेघारीमा फुटवल प्रतियोगिता हेर्न भारतिय दर्शकहरु हेर्न आउने गर्छन् । आउदो १० गते देखी वडागत नगर स्तरिय फुटवल प्रतियोगिता संचालन हुने माहाकाली नगरपालिका अन्तर्गत रहेको नगर स्तरिय खेलकुद समितिका संयोजक लोक बहादुर चन्दले जनाएका छन् ।

वडा कार्यालयहरुलाई पत्राचार गर्ने कार्य समेत अघि बढाईएको छ् । प्रत्येक वडाबाट एक–एक फुटवल टिम आउने भनिएता पनि केही वडाहरुले २ वडा सम्म फुटवल टिम ल्याउन देखिएको छ् । ‘उपमेयर फुटवल प्रतियोगितामा करिब १५ फुटवल टिम आउने सम्भावना रहेको छ्’ माहाकाली नगरपालिका नगर स्तरिय खेलकुद समितिका संयोजक लोक बहादुर चन्दले भने ।

प्रतियोगितामा प्रथम हुने टिमलाई प्रमाण पत्र, ट्रफी र नगद रु. ३१ हजार र प्रतियोगितामा द्धितिय हुने टिमलाई प्रमाण पत्र, ट्रफी र नगद रु. २१ हजार पुरुस्कार समेत राखिएको संयोजक लोक बहादुर चन्दले बताएका छन् ।

माहाकाली नगरपालिकाको बाबाथानमा रहेको लक्ष्मी माबिको प्रांगणमा भवन निमार्णको कारण खेल मैदान असजिलो भएको कारण माहाकाली नगरपालिका वडा नं. ७ मा रहेको पुटपुटेघारीमा उपमेयर फुटवल प्रतियोगिता संचालन हुने भएको हो ।

माहाकाली नगरपालिका अन्तर्गत रहेको नगर स्तरिय खेलकुद समितिको बैठकले यस आर्थिक वर्षमा मेयर कपमा क्रिकेट, भलिवल, ५ किलोमिटर दौड यस्तै उपमेयर कपमा फुटवल, बैडमिन्टन, कराते प्रतियोगिता संचालन गरिने निर्णय गरेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here