टेलिकमको २०० एमबी डेटा बोनस सहितको फोर जी सिम वितरण कार्यक्रम अन्तिम चरणमा

काठमाडौं, ३ मंसिर । नेपाल टेलिकमले सञ्चालनमा ल्याएको फोरजी सिम वितरण तथा टुजी/थ्रीजी फोरजीमा स्तरोननती कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको थियो ।

कात्तिक २० गते विर्तामोडबाट सुरु भएको यो कार्यक्रम २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा फोरजी सिम वितरण गरिएको थियो ।

जस अन्तर्गत पहिलो चरणको उक्त अभियान मंसिर ४ गते अर्थात भोलि पोखराको अमरसिंह मैदानमा सम्पन्न गरिने कम्पनीले बताएको छ ।

कार्यक्रममा पहिले टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकहरुलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ ।

फोरजी सेवा सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट (*444#) डायल गर्नु पर्नेछ । यसरी पहिलो पटक फोरजी सेवा सुचारु गर्दा ग्राहकले २ सय एमबी डाटा वोनस स्वरुप पाइने टेलिकमले बताएको छ ।

यो अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका प्रमुख शहरहरुमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचार­प्रसार तथा व्यापार प्रबद्र्धन गरिएको छ ।

साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् ।

यस प्रकारका अभियान तथा कार्यक्रमहरु देशका अन्य भागमा पनि निरन्तर गर्दै जाने लक्ष्य रहेको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here