एनआइसी एसिया बैंकले ल्यायो ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना

काठमाडौं, ३ मंसिर । एनआईसी एसिया बैंकले नयाँ ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको छ ।

बैँकले सबै ग्राहक महानुभावहरुलाई अधिकतम सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको जनाएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न सक्नेछन् ।

साथै, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सबै तह र तप्काका ग्राहक महानुभावहरुलाई उपयुक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” यस बैँकमा खाता भएका इच्छुक सबै खातावाहकहरु तथा नयाँ खाता खोल्न चाहनेहरुले यस खाता खोली अधिकतम लाभ लिन सक्नेछन् ।

यो योजनाअन्तर्गत थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिनेछ ।

यस निक्षेप योजनाबाट आम जनमानसको बचत गर्ने बानीलाई थप सहज बनाउँदै, प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्नुहुने विश्वास बैँकले लिएको छ ।

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५ सय रुपैयाँको गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा रु. १०० को गुणन दरले रु. ५०० भन्दा बढी रकम जम्मा गरी ९.७५% व्याज प्राप्त गर्न सक्नुहुनेछ ।

यसरी ग्राहक महानुभावहरुले मासिक रुपमा थोरै–थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ लिन सक्नुहुनेछ ।

कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिनेछ । मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ ।

यस खातावाहकले निक्षेपको ९०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् भने निक्षेप योेजनाको ५०% परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सक्नेछन् ।

यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

१८ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here